अपडेट

यस साता सुनको मूल्य २० हजार रुपैयाँले बढ्यो, चाँदीमा पनि उतारचढाव

शनिबार, ०१ कार्तिक २०८२, ११ : ३३

काठमाडौं- नेपाली बजारमा यस साताभर सुनको मूल्य लगातार बढ्दै नयाँ कीर्तिमान कायम गरेको छ। 

यस अवधिमा सुनको मूल्य तोलामा २० हजार रुपैयाँले वृद्धि भएको छ। भने चाँदीको मूल्यमा पनि निकै उतारचढाव आएको थियो । 

साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर २ लाख ३८ हजार रुपैयाँ पुगेको थियो। त्यस दिन चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १२५ रुपैयाँमा पुगेको थियो।

सोमबार पनि सुनको मूल्यमा वृद्धिको क्रम जारी रह्यो। त्यसदिन सुन तोलामा २ हजार ४०० रुपैयाँले बढेर २ लाख ४० हजार ४०० रुपैयाँ कायम भयो। त्यस दिन चाँदी पनि ९५ रुपैयाँले बढेर ३ हजार २२० रुपैयाँमा पुगेको थियो।

तेस्रो दिन मंगलबार सुनको मूल्य एकै दिनमा ८ हजार १०० रुपैयाँले बढेर २ लाख ४८ हजार ५०० रुपैयाँमा पुगेको थियो। त्यस दिन चाँदी पनि १०५ रुपैयाँले बढेर ३ हजार ३२५ रुपैयाँमा पुगेको थियो।

बुधबार पनि सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएर २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भयो। त्यसदिन चाँदीको मूल्य भने ८५ रुपैयाँले घटेर ३ हजार २४० रुपैयाँमा झर्‍यो।

बिहीबार सुन फेरि २ हजार रुपैयाँले बढेर नयाँ कीर्तिमान कायम गर्दै २ लाख ५० हजार ९०० रुपैयाँमा पुगेको थियो। त्यस दिन चाँदी पनि ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँमा कारोबार भयो।

अन्तिम दिन शुक्रबार सुनको मूल्य ७ हजार १०० रुपैयाँले बढ्दै अहिलेसम्मकै उच्च मूल्य २ लाख ५८ हजार रुपैयाँमा पुगेको छ। त्यसदिन चाँदीको मूल्य पनि ७५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ३५० रुपैयाँ पुगेको छ।

 
शनिबार, ०१ कार्तिक २०८२, ११ : ३३

प्रतिक्रिया