काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । लगातार बढेर नयाँ रकर्ड बनाइरहेको सुनचाँदीको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । यससँगै शुक्रबार प्रतितोला ३ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार ३ हजार २७५ रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया