काठमाडौं- विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि अष्ट्रेलियाका अलराउण्डर साम हेजलेटलाई अनुबन्ध गरेको छ।
साम हेजलेट अष्ट्रेलियाका यु–१९ टिमबाट १ अन्तर्राष्ट्रिय एक दिवसीय खेलेका छन्। उनले अष्ट्रेलियाको बिगब्यासमा ब्रिसबेन हिटर होबर्टहुरिकेंस खेलेका छन् । हेजलेट खेलहरूमा उत्कृष्ट स्ट्राइक रेट साथ प्रदर्शन गर्दै आएका छन्। उनीसँग ५० भन्दा बढी बिगब्यास माथि लीग म्याच खेलेको अनुभव रहेको छ।
उनको आगमनले विराटनगर किंग्सको मध्य क्रम थप बलियो हुने विश्वास लिइएको छ।उनको अनुभव, सुझबुझ ब्याटिङ शैली र खेल बुझ्ने क्षमताबाट टोलीमा नयाँ ऊर्जा र आत्मविश्वास गुणस्तर थपिने अपेक्षा गरेको छ।
विराटनगर किंग्सले यसअघि स्कटल्यान्डका ब्याट ओपनर जोर्जमुन्सीलाई पनि टिममा आबद्ध गरिसकेको छ। टिमले सन्तुलित संयोजनका साथ आगामी सिजन उपाधि जित्ने लक्ष्यसहित तयारी तीव्र गतिमा अगाडी बढिरहेको छ ।
विराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज टिम हो। टोलीको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नु, खेल भावना प्रवर्द्धन गर्नु र फ्यान तथा समुदायसँग गहिरो सम्बन्ध स्थापना गर्दै कोशी प्रदेशको गौरव बढाउनु हो।
प्रतिक्रिया