लक्ष्मीपूजाको दिन प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

सोमबार, ०३ कार्तिक २०८२, ११ : १९

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पाँच रुपैयाँ घटढेर तीन हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।

 
सोमबार, ०३ कार्तिक २०८२, ११ : १९

प्रतिक्रिया