काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेको हो ।
यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि लक्ष्मीपूजाका दिन छापावाल सुन प्रतितोला २ लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले घटेको छ । यससँगै आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया