अपडेट

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, १० कार्तिक २०८२, १० : ४५

काठमाडौं- नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । आइतबार प्रतितोला ३ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार २ हजार ९ सय ८० रुपैयाँ कायम भएको हो । 

 
सोमबार, १० कार्तिक २०८२, १० : ४५

प्रतिक्रिया