काठमाडौं- जीवन विकास लघुवित्त वित्तीय संस्थाको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।
बिक्रीमा राखिएको संस्थापक सेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद निवेदन पेस गर्न सक्नेछन्।
यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँको तोकिएको छ। यसको अर्थ लगानीकर्ताले सेयर खरिदका लागि निवेदन दिँदा तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी कबोल गर्नुपर्नेछ।
निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन मोरङको कटहरी–२ मा रहेको संस्थाको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
प्रतिक्रिया