चालु आवको पहिलो त्रैमासिकमा सुनचाँदी आयात बढ्यो, ११ अर्ब बराबरको सुन भित्रियो

सोमबार, १० कार्तिक २०८२, १५ : २३

काठमाडौं- चालु आर्थिक वर्षको तीन महिनामा सुन आयातमा वृद्धि भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्षको साउनदेखि असोज मसान्तसम्ममा ११ अर्ब बराबरको १०५ किलो सुन आयात भएको हो । 

यसमध्ये १० अर्ब २५ करोड ३२ लाख ८५ हजार रुपैयाँको ६०१ किलो काँचो सुन आयात भएको भन्सार विभागले जनाएको छ । यस्तै ४७ करोड ७४ लाख ६० हजार रुपैयाँको सुनका गरगहना आयात भएको उल्लेख छ ।

अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ४  करोड ३२  लाख ८९ हजार रुपैयाँको १०० किलो काँचो सुन र ९४ करोड ६८ लाख १२ हजार रुपैयाँ बराबरको करिब ४ किलो गरगहना आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । 

२०८२ असोज मसान्तसम्ममा २० करोड १३४ लाख रुपैयाँ बरबरको १९०७१ किलो काँचो चाँदी आयात भएको छ । 

यस्तै १६  अर्ब ६१ करोड ३४ लाख रुपैयाँको ८१३० किलो चाँदीको धुलो र १ अर्ब ९७ करोड ३६ लाख रुपैयाँको ९९४४० किलो चाँदीका भाँडाकुँडा तथा गरगहना आयात भएको छ ।  

अघिल्लो वर्ष  यसै अवधिमा १० हजार रुपैयाँको ३० ग्राम काँचो चाँदी आयात भएको थियो । यस्तै ७३ करोड १६ लाख २३ हजार रुपैयाँको ५४६५ किलो चाँदीको धुलो आयात भएको थियो ।

यस्तै ५ करोड २८ लाख रुपैयाँ बराबरको ४०० किलो चाँदीका भाँडाकुँडा तथा गरगहना आयात भएको थियो । 

 
सोमबार, १० कार्तिक २०८२, १५ : २३

प्रतिक्रिया