अपडेट

सुनको मूल्य लगातार घट्दै, प्रतितोला कति ?

मंगलबार, ११ कार्तिक २०८२, १० : ५१

काठमाडौं- नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले घटेको हो ।

यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेको छ । यससँगै सोमबार प्रतितोला २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार २ हजार ९ सय २० रुपैयाँमा खरिदबिक्री हुँदैछ । 

 
 
 
मंगलबार, ११ कार्तिक २०८२, १० : ५१

प्रतिक्रिया