नेपाल फाइनान्सको २ लाख २६ हजार कित्ता सेयर बिक्रीमा

बुधबार, १२ कार्तिक २०८२, १० : ३१

काठमाडौं- नेपाल फाइनान्सको सवा २ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ।

कम्पनीका संस्थापक सेयरधनी विजयबहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। 

यस सेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै निवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

 
बुधबार, १२ कार्तिक २०८२, १० : ३१

प्रतिक्रिया