अपडेट

सुनको मूल्य स्थिर, चाँदी भने बढ्यो

विहीबार, १३ कार्तिक २०८२, १० : ४८

काठमाडौं- नेपाली बजार बिहीबार सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै बुधबार प्रतितोला २ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा २ हजार ९ सय ८० रुपैयाँ कायम भएको हो । 

 
विहीबार, १३ कार्तिक २०८२, १० : ४८

प्रतिक्रिया