काठमाडौं- गुराँस लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज कात्तिक १३ गते अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले भोलि कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ आज कात्तिक १३ गते कायम सेयरधनीहरुले मात्रै यी दुवै कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
लघुवित्तले आफ्नो १० औँ वार्षिक साधारणसभा यही कात्तिक २७ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा धनकुटाको धनकुटा–१ हिलेस्थित हिले कान्जिरोवा मकालु होटलमा बिहान १० बजेबाट सुरु हुनेछ।
सभाले संस्था सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ करोड ५८ लाख ४९ हजार ५०० रुपैयाँको कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४।२५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.७५ प्रतिशतले हुन आउने नगद लाभांश (कर प्रयोजनार्थ) छन्।
सभाले बोनस सेयर वितरणपछि संस्थाको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्नेछ। सभाले गत आर्थिक वर्षका वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
प्रतिक्रिया