एशियन लाइफ इन्स्योरेन्सले ट्रेनी एसिस्टेन्ट पदमा माग्यो कर्मचारी

विहीबार, १३ कार्तिक २०८२, ११ : ५८

काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । 

कम्पनीले एक सूचना जारी गर्दै सात वटै प्रदेशमा ट्रेनी एसिस्टेन्ट पदमा केही कर्मचारी माग गरेको हो ।

कम्पनीका अनुसार कम्प्युटर राम्ररी प्रयोग गर्न जानेको, माइक्रोसफ्ट अफिस प्याकेज प्रयोग गर्न जानेको, सवारी चालक इजाजत पत्र भएको, नेपाली अंग्रेजी टाइपिङ जानेको र २५ वर्ष उमेर ननाघेको उम्मेदवारले आवेदन दिनसक्नेछन् ।

इच्छुक उम्मेद्वारले निवेदनको साथमा सिभी, शैक्षिक योग्यताको प्रमाण पत्र, पासपोर्ट साइज फोटो र हस्तलिखित निवेदन सहित ४ नोभेम्बर अर्थात् कात्तिक १८ गतेसम्ममा आवेदन इमेलमार्फत पेस गर्न सक्ने कम्पनीले जनाएको छ ।

 
विहीबार, १३ कार्तिक २०८२, ११ : ५८

प्रतिक्रिया