काठमाडौं- विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि विश्व प्रसिद्ध दक्षिणी अफ्रीकी क्रिकेटर फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको घोषणा गरेको छ।
फाफ डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका सर्वाधिक सम्मानित खेलाडीमध्ये एक हुन्। कप्तानको रूपमा आफ्नो देश दक्षिण अफ्रीका र विश्व प्रसिद्ध लिग आइपिएल (एनपीएल) को फ़्रेन्चाइज आरसीबीलाई नेतृत्व गरेको अनुभव छ।
उनले विश्व क्रिकेटमा उत्कृष्ट रणनीतिक सोच, स्थायित्व र आक्रामक ब्याटिंगका लागि उच्च सम्मान प्राप्त गरेका छन्। उनको अनुभव र नेतृत्वले बिराटनगर किंग्सको टिमलाई अझ बलियो बनाउने विश्वास गरिएको छ।
“फाफ डु प्लेसिस जस्ता विश्वस्तरीय खेलाडी आउनु बिराटनगर किंग्स र एनपीएलको लागि गर्वको कुरा हो। उनको आगमनले बिराटनगर किंग्स र एनपीएलको लागि आउने दिनमा अन्य विश्वस्तरीय खेलाडी आउन अझ उत्साहित हुनेछन्”, विराटनगरका टिम डाइरेक्टर दिपेन्द्र चौधरीले भने, “फाफ डु प्लेसिसको आगमनले बिराटनगर किंग्सका खेलाडीहरूलाई उनीसँग ड्रेसिंग रूम, उनको अन्तर्राष्ट्रिय क्रिकेटको अनुभवबाट धेरै सिक्ने अवसरका साथै एनपीएललाई विश्वस्तरमा पुर्याउने विश्वास लिएको छ। अब विराटनगर किंग्स फाफ डु प्लेसिसको साथमा एनपीएल सिजन टु का लागि नयाँ जोश र आत्मविश्वासका साथ मैदानमा उत्रिने तयारीमा छ।”
विराटनगर किंग्स नेपाल प्रिमियर लिगमा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने क्रिकेट फ्रेन्चाइज टिम हो। टोलीको उद्देश्य स्थानीय प्रतिभालाई उजागर गर्नु, खेलभावना प्रवर्द्धन गर्नु र फ्यान तथा समुदायसँग गहिरो सम्बन्ध स्थापना गर्दै कोशी प्रदेशको गौरव बढाउनु हो।
प्रतिक्रिया