काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।
यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा दुई लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया