लाभांश प्रयोजनार्थ आरएसडीसी लघुवित्तको बुक क्लोजको मिति तय

आइतबार, १६ कार्तिक २०८२, १७ : ०५

काठमाडौं- आरएसडीसी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ को लाभांश वितरण प्रयोजनार्थ बुक क्लोजको मिति तय गरेको छ।

संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले गत आर्थिक वर्षको लाभांश वितरण गर्न यही कात्तिक २५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ कात्तिक २४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।

संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। जसअनुसार संस्थाले सेयरधनीहरुलाई ८ करोड २७ लाख २५ हजार १५३.३६ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ।

लाभांश अनुमोदनका लागि संस्थाले आउँदो मंसिर १२ गते १२ औँ साधारणसभा गर्ने निर्णय पनि गरेको छ। सभा बुटवलमा हुने संस्थाले जानकारी गराएको छ

वार्षिक साधारणसभाको पूर्ण जानकारी भने संस्थाले पत्रिकामा प्रकाशन गर्नेछ।

 
आइतबार, १६ कार्तिक २०८२, १७ : ०५

प्रतिक्रिया