काठमाडौं- नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको छापावाल सुनको मूल्य तोलामा दुई लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको हो । आइतबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार तोलामा ३ हजार ६० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया