अपडेट

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति ?

मंगलबार, १८ कार्तिक २०८२, १० : ४३

काठमाडौं- नेपाली बजारमा मंगलबार सुन तथा चाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार ३०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँका कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको हो । 

 
मंगलबार, १८ कार्तिक २०८२, १० : ४३

प्रतिक्रिया