काठमाडौं- गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
यस अवधिमा संस्थाले १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको १ करोड १ लाख रुपैयाँ को तुलनामा ४२।५७ प्रतिशतले बढी हो।
लघुवित्तको खुद नाफा बढ्नुका मुख्य कारणहरूमा इम्पेरमेन्ट चार्ज रिभर्स हुनु र खुद ब्याज आम्दानीमा वृद्धि हुनु हो। कुल सञ्चालन आम्दानी १६.०२ प्रतिशत र सञ्चालन मुनाफा ३९.५४ प्रतिशतले बढेको विवरणमा उल्लेख छ।
यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३६.७३ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानीमा १७६.९२ प्रतिशतको अत्याधिक वृद्धि देखिएको छ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा बढेर ५० रुपैयाँ २ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ १८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३९.३ गुणा कायम भएको छ।
प्रतिक्रिया