अपडेट

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?

विहीबार, २० कार्तिक २०८२, १० : ४७

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको हो । यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । यससँगै बिहीबार चाँदीको मूल्य प्रतितोला ३ हजार १० रुपैयाँ कायम भएको छ ।  

 
विहीबार, २० कार्तिक २०८२, १० : ४७

प्रतिक्रिया