कालिका लघुवित्तको नाफामा वृद्धि, प्रतिसेयर आम्दानी कति ?

विहीबार, २० कार्तिक २०८२, ११ : ५५

काठमाडौं- कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। 

कम्पनीले गत आवको यसै अवधिसम्म कमाएको खुद नाफा १ करोड ७० लाख रुपैयाँको तुलनामा यस वर्ष १९.६३ प्रतिशतले खुद नाफा वृद्धि भएको हो।

त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी ८ करोड २८ लाख रुपैयाँबाट ३१.३२ प्रतिशतले बढेर १० करोड ८७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ९ करोड ७२ लाख रुपैयाँबाट बढेर १२ करोड १९ लाख रुपैयाँ पुगेको छ।

यता कम्पनीको सञ्चालन नाफा २ करोड ४२ लाख रुपैयाँबाट बढेर २ करोड ९० लाख रुपैयाँ पुगेसँगै वितरणयोग्य नाफा ५२ लाख रुपैयाँबाट ८४ प्रतिशतले बढेर ९६ लाख रुपैयाँ पुगेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १८.२७ रुपैयाँबाट बढेर १९।९६ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.२४ प्रतिशतबाट बढेर ६.४० प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १९१.५१ रुपैयाँ रहेको छ। 

कम्पनीको चुक्ता पूँजी ४० करोड ७६ लाख रुपैयाँ र जगेडा कोषमा ३७ करोड रुपैयाँ सञ्चिति रहेको छ।

 
विहीबार, २० कार्तिक २०८२, ११ : ५५

प्रतिक्रिया