विजय लघुवित्तले माग्यो विभिन्न पदमा कर्मचारी

विहीबार, २० कार्तिक २०८२, १४ : ५७

काठमाडौं- विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहरूमा स्थायी रूपमा कर्मचारी माग गरेको छ।

कम्पनीले एकजना वरिष्ठ अधिकृत (विभागीय प्रमुख) आठौं तह र अधिकृत सातौं तहको पदमा विभागीय प्रमुख, अनुगमन, तालिम, मानव संशाधन र वित्तमा एक–एक जना गरी कुल ६ जनाका लागि आवेदन खुलाएको हो।

तोकिएको योग्यता भएको इच्छुक व्यक्तिले अनलाइनबाटै आगामी १५ दिनभित्र आवेदन दिनु पर्नेछ। परीक्षा प्रस्तुतिकरण र अन्तर्वार्ता गरी दुई किसिमको हुने, परीक्षणकाल कम्तीमा ६ महीनाको हुने र तलब सुविधा संस्थाको नियमानुसार हुने कम्पनीले जनाएको छ।

यस कम्पनीको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलका लागि कर्मचारी माग गरेको हो।

 
विहीबार, २० कार्तिक २०८२, १४ : ५७

प्रतिक्रिया