सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?

शुक्रबार, २१ कार्तिक २०८२, ११ : ००

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो । 

महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । जबकि सोही सुन बिहीबार तोलामा २ लाख ३७ हजार ८०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा ३ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा ३ हजार २० रुपैयाँ कायम भएको हो।   

 
शुक्रबार, २१ कार्तिक २०८२, ११ : ००

प्रतिक्रिया