काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३८ हजार ६०० रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया