आईसीएफसी फाइनान्सको नगद लाभांश घोषणा

आइतबार, २३ कार्तिक २०८२, ११ : २१

काठमाडौं- आईसीएफसी फाइनान्स कम्पनीले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुने नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। 

जसअनुसार कम्पनीले नगद लाभांश वितरण गर्न १८ करोड ६८ लाख ६४ हजार १४७.२३ रुपैयाँ छुट्याएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

 
आइतबार, २३ कार्तिक २०८२, ११ : २१

प्रतिक्रिया