मानुषी लघुवित्तको नाफा बढ्यो, ईपीएस कति ?

आइतबार, २३ कार्तिक २०८२, ११ : ४०

काठमाडौं- मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तीन महीनाको अवधिमा ४२ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको तीन महिनामा कम्पनी ५६ लाख १६ हजार रुपैयाँ खुद घाटामा रहेको थियो।

कम्पनी नाफामा चलेसँगै गत आवको असोज मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.५४ रुपैयाँ ऋणात्मक रहेकोमा यस वर्षको सोही अवधिमै ईपीएस १५.६९ रुपैयाँ धनात्मक भएको छ। गत वर्ष कम्पनीले ५६ लाख १६ हजार रुपैयाँ सञ्चालन घाटा बेहोरेकोमा यस वर्ष ६१ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ भने कुल सञ्चालन आम्दानी ३ करोड १० लाख ३३ हजार रुपैयाँबाट बढेर ३ करोड ३६ लाख ९० हजार रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने २ करोड ५९ लाख ९२ हजार रुपैयाँबाट घटेर २ करोड ४३ लाख ६९ हजार रुपैयाँमा सीमित भएको छ। कम्पनीको खराब कर्जा ५.१३ प्रतिशतबाट बढेर ६.१४ प्रतिशत कायम भएको छ भने प्रतिशेयर नेटवर्थ १३३.६६ रुपैयाँ रहेको छ।

चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ कराड ४ लाख ९४ हजार रुपैयाँ ऋणात्मक छ भने रिजर्भ कोषमा ५ करोड ७३ लाख रुपैयाँ धनात्मक रहेको छ। कम्पनीले १ अर्ब ४१ करोड ४७ लाख रुपैयाँ कर्जा प्रवाह गरी १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

 
आइतबार, २३ कार्तिक २०८२, ११ : ४०

प्रतिक्रिया