स्वावलम्बन लघुवित्तले ५० करोडको सहायक आवधिक ऋणपत्र जारी गर्ने

आइतबार, २३ कार्तिक २०८२, १३ : १४

काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ५० करोड रुपैयाँ बराबरको सहायक आवधिक ऋणपत्र जारी गर्ने प्रक्रिया अघि बढाएको छ।

संस्थाको सञ्चालक समितिको कात्तिक २१ गते बसेको ४६६औं बैठकले सुरक्षण नराखिएको ५० करोड रुपैयाँको सहायक आवधिक ऋणपत्र ८ प्रतिशत ब्याजदरका साथ जारी गर्ने प्रस्ताव स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो।

बैठकले नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्ड (सेबोन) दुवै निकायबाट स्वीकृति प्राप्त भएपछि मात्र उक्त ऋणपत्र जारी गर्ने निर्णय गरेको संस्थाले जनाएको छ।

 
आइतबार, २३ कार्तिक २०८२, १३ : १४

प्रतिक्रिया