काठमाडौं- गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार हिले कान्जिरोवा मकालु होटेल, धनकुटा–१ हिलेमा सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले गत आर्थिक वर्षसम्मको मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्न स्वीकृत गरेको छ ।
यसैगरी यस सभाले गत आर्थिक वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण भएको वित्तीय विवरणहरु र संस्थाको प्रबन्धपत्र तथा नियमावलीको दफाहरु संशोधनको प्रस्ताव पारित गरेको छ ।
सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्नुको साथै संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने रिक्त संचालकहरुमा उदयनारायण बराल, मदन खतिवडा, विजय कुमार दाहाल र डा. मनिष अर्यालयलाई नियुक्त समेत गरेको छ ।
प्रतिक्रिया