अपडेट

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

सोमबार, २४ कार्तिक २०८२, १० : ४४

काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४१ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँका कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रुपैयाँ कायम भएको हो ।

 
सोमबार, २४ कार्तिक २०८२, १० : ४४

प्रतिक्रिया