अपडेट

प्रतितोला ४ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार, २५ कार्तिक २०८२, १० : ४८

काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढेको हो । यससँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४६ हजार ४०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १७० रुपैयाँ कायम भएको छ । 

 
 
मंगलबार, २५ कार्तिक २०८२, १० : ४८

प्रतिक्रिया