काठमाडौं- समृद्धि फाइनान्सले आफ्नो २४ औं वार्षिकोत्सव उत्साहजनक साथ मनाएको छ ।
कात्तिक २५ गते आयोजित वार्षिकोत्सव समृद्धि फाइनान्सका व्यवस्थापन सदस्य, कर्मचारी र ग्राहकहरुको सक्रिय सहभागिता रहेको थियो ।
फाइनान्सका सबै शाखाहरूका कर्मचारीहरू र वचतकर्ताको उपस्थितिमा केक काटेर खुसियाली मनाएका हुन्। कार्यक्रमले संस्थाको २४ वर्षको सेवा वृद्धि, समुदाय र सरोकारवालाहरूको आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको समर्पणलाई जोड दिएको छ ।
समृद्धि फाइनान्सले हाल तेह्रवटा शाखाहरु मार्फत नगद कारोवार, आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ भने मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु निःशूल्क प्रदान गरिरहेको छ ।
साथै समृद्धि फाइनान्स र पोखरा फाइनान्स एक अर्कामा गाभिने प्रक्रियामा रहेको छ ।
प्रतिक्रिया