काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४४ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य तोला ५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया