लोक सेवा आयोगद्वारा ठुलो संख्यामा कर्मचारी माग

बुधबार, २६ कार्तिक २०८२, १३ : २४

काठमाडौं- लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ । 

बुधबार आयोगले एक सूचना प्रकाशित गर्दै निजामतीतर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौँ र सातौँ तहका पदहरूमा १७० जनाको लागि आवेदन खुलाएको हो ।

आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिने सूचनामा उल्लेख छ । 

योग्यता पुगेका इच्छुक नागरिकले आगामी मंसिर १६ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने छ ।

loksewa

 
बुधबार, २६ कार्तिक २०८२, १३ : २४

प्रतिक्रिया