अपडेट

बिहीबार ५९०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि

विहीबार, २७ कार्तिक २०८२, १० : ४९

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले बढेको हो । 

यससँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुन प्रतितोला  २ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य तोला १ सय ७५ रुपैयाँले बढेको छ । यससँगै बुधबार प्रतितोला ३ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलामा ३ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ । 

 
विहीबार, २७ कार्तिक २०८२, १० : ४९

प्रतिक्रिया