अपडेट

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

शुक्रबार, २८ कार्तिक २०८२, ११ : १४

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा २ लाख ५० हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य शुक्रबार घटेर तोलामा २ लाख ४९ हजार ७०० रुपैयाँ कायम भएको हो । यस आधारमा शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा ३ हजार ३४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा ३ हजार २८५ रुपैयाँ कायम भएको हो । 

 
शुक्रबार, २८ कार्तिक २०८२, ११ : १४

प्रतिक्रिया