आशा लघुवित्तद्वारा नगद लाभांश घोषणा

आइतबार, ३० कार्तिक २०८२, १० : ५१

काठमाडौं- आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। 

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक २८ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त लाभांश घोषणा गर्ने निर्णय गरेको हो । कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।

 
आइतबार, ३० कार्तिक २०८२, १० : ५१

प्रतिक्रिया