काठमाडौं- नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको हो । यसअघि शुक्रबार छापावाल सुनको प्रतितोला २ लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आइतबार तोलामा ३ हजार १ सय ३५ रुपैयाँ कायम भएको हो।
प्रतिक्रिया