काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आइतबार तोलामा ३ हजार १ सय ३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार तोलामा ३ हजार १ सय ५५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया