काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर स्थित क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण चलिरहँदा फ्लडलाइट र स्कोरबोर्ड जडान गर्ने निर्देशन दिएको क्षण सम्झिएका छन् ।
प्रचण्डले २०७९ चैत २ गते आफू प्रधानमन्त्री भएको बेला युएईविरुद्ध आईसीसी विश्वकप लिग–टुको अन्तिम खेल हेरेर फर्किएपछि खेलमैदानको दुरावस्था हटाउन निर्देशन दिएको स्मरण गरेका हुन् ।
उनले लेखेका छन्, ‘त्यस दिन खेल हेरेर फर्कँदा मनमा मिश्रित भावना थियो। भोलिपल्टै, बालुवाटारमा विजेता खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गर्दै मैले कीर्तिपुर क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोरबोर्ड जडान गर्ने निर्देशन राष्ट्रिय खेलकुद परिषद्लाई दिएको थिएँ। ’
फ्लडलाइट जडित स्टेडियममा एनपीएल हेर्ने गौरव प्राप्त गर्नुमा नेपाल सरकार, राखेप, क्यान, खेलाडी, क्रिकेटप्रेमी दर्शक
भूमिका रहेको भन्दै उनले सबैको प्रशंसा गरेका छन् ।
प्रतिक्रिया