एनपीएलको दोस्रो संस्करण सुरु, विजेता हुने टिमलाई १ करोड ११लाख पुरस्कार

सोमबार, ०१ मंसिर २०८२, १८ : ०३

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) आजबाट सुरु भएको छ । यो नेपाल प्रिमियर लिगको दोस्रो संस्करण हो । यसपालिको एनपीएल संस्करणमा पहिलो संस्करण भन्दा केहि फरकपन पाइएको छ । नेपालमा पहिलोपटक फ्लडलाइटमा हुन लागेको खेल आजबाट सुरु भएको हो ।

 नेपाल प्रिमियर लिग(एनपीएल) दोस्रो संस्करणले ४४ करोड बढी आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै  क्यानको प्रयोजनबाट १५ करोड, फ्रेन्चाईज टोलिबाट ९ करोड, टिकट बिक्रिबाट १२ करोड, ओटिटी राइट्स बिक्रिबाट ५ करोड गरि ३० लाख, टिभि राइट्स बिक्रिबाट ३ करोड रुपैँया गरि यसपालिको (एनपीएल)मा कुल ४४ करोड बढीको आम्दानी हुने क्यानले जँनाएको छ । 

क्यानले (एनपीएल) दोस्रो संस्करणका बिजेता टिमलाई १ करोड ११ लाख दिने । त्यस्तै उपबिजेतालाई ५१ लाख, तेस्रोलाई पुरस्कारस्वरुप २५ लाख र चौथोलाई टिमलाई १५ लाख दिने क्यानले निर्णय गरेको छ ।

त्यस्तै गत वर्षको एन.पि.एलको पहिलो संस्करणमा बिजेता टिमलाई १ करोड १० लाख, द्धितिय टिमलाई ५१, तृतिय टिमलाई २५ लाख र चौथौ टिमलाई १५ लाख पुरस्कार स्वरुप दिइएको थियो । 
 

 
सोमबार, ०१ मंसिर २०८२, १८ : ०३

प्रतिक्रिया