काठमाडौं- नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य ३ हजार ८०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३९ हजार ५०० रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले घटेको छ । यससँगै सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया