अपडेट

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

बुधबार, ०३ मंसिर २०८२, १० : ५२

काठमाडौं- नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ हजार ८०० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, मंगलबार प्रतितोला ३ हजार ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा ६० रुपैयाँले बढेको छ । यससँगै बुधबार चाँदीको मूल्य तोलामा ३ हजार १ सय ५० रुपैयाँ कायम भएको हो । 

 
बुधबार, ०३ मंसिर २०८२, १० : ५२

प्रतिक्रिया