स्वावलम्बन लघुवित्तद्वारा १० प्रतिशत लाभांश घोषणा

विहीबार, ०४ मंसिर २०८२, १० : ३८

काठमाडौं- स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ।

बैठकले गत आवको वितरण योग्य नाफाबाट कायम चुक्ता पूँजी १ अर्ब ६५ करोड ६६ लाख २५ हजार रुपैयाँको ५.६३६५ प्रतिशत बोनस सेयर र ४.३६३५ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सम्बन्धित सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ । 

 
विहीबार, ०४ मंसिर २०८२, १० : ३८

प्रतिक्रिया