अपडेट

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, प्रतितोला कति पुग्यो ?

विहीबार, ०४ मंसिर २०८२, १० : ५३

काठमाडौं- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो । 

बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४३ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १ सय ८५ रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । 

 
विहीबार, ०४ मंसिर २०८२, १० : ५३

प्रतिक्रिया