काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला ३ हजार १३५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया