काठमाडौं- निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्कासन गर्ने भएको छ ।
संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले ऋणपत्र निष्कासन गर्ने निर्णय गरेको हो ।
संस्थाले एक सूचना जारी गर्दै सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र ७ प्रतिशत ब्याजदर कायम गरी जारी गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी दिएको हो ।
नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि ऋणपत्र जारी गर्ने संस्थाले जनाएको छ ।
प्रतिक्रिया