जागृत कुशादेवी सहकारीको छैठौं वार्षिक साधारणसभा सम्पन्न

आइतबार, ०७ मंसिर २०८२, १२ : २१

काठमाडौं- जागृत कुशादेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाको साधारणसभा मंसिर १ गतेदेखि मंसिर ५ गतेसम्म विभिन्न सेवा केन्द्र तथा प्रमुख कार्यालयहरुमा भएको थियो । यस्तै, मंसिर ६ गते छनौट भएका प्रतिनिधिहरुको सभा र निर्णय लेखन गरी सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पारित गर्दै आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक कार्यक्रम तथा बजेट पारित गरेको छ । यस्तै, चालु आर्थिक वर्षका लागि बाह्य लेखा परीक्षकको नियुक्ति गरी सभामा पनि पारिश्रमिक तोकिएको छ । 

गत आर्थिक वर्ष २०८०/८१ को अन्त्यसम्म ३ करोड ३६ लाख २३ हजार ९०० सेयर पुँजी रहेकोमा वार्षिक कार्यक्रम अनुसार नयाँ सदस्य वृद्धि र सदस्यबाट थप सेयर पुँजी २०८१/८२ को अन्त्यसम्म ३ करोड ४४ लाख ६४ हजार १०० पुगेको संस्थाले जानकारी दिएको छ । यस्तै, जगेडा कोषमा २ करोड २३ लाख ५१ हजार ५३९ खर्च नभएका कोषहरु र नाफा बाँडफाँड थप हुँदा उक्त रकम २ करोड ५६ लाख ३ हजार ८९४ पुगेको छ । 

संस्थाको बचत संकलन २०८१/८२ को अन्त्यसम्ममा ३३ करोड ८८ लाख ७२ हजार २३४ रुपैयाँ कायम भएको छ  । 

संस्थाको कुल पुँजी ४१ करोड ८ लाख ६२ हजार ४९० रुपैयाँ रहेको छ । 

 
 
आइतबार, ०७ मंसिर २०८२, १२ : २१

प्रतिक्रिया