अपडेट

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, ०८ मंसिर २०८२, १० : ४३

काठमाडौं- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ३ हजार १ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
सोमबार, ०८ मंसिर २०८२, १० : ४३

प्रतिक्रिया