एनपीएलः आज दुई खेल हुँदै

सोमबार, ०८ मंसिर २०८२, १० : ५८

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ।

नेट रनरेटका आधारमा पहिलो स्थानमा रहेको विराटनगर किंग्सले आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विरुद्ध खेल्नेछ। एक मात्र खेल खेलेको जनकपुरले अहिलेसम्म कुनै अंक जोडेको छैन।

उद्घाटन खेलमा जनकपुर बोल्ट्स काठमाण्डू गोर्खाजसँग पराजित भएको थियो। दुई खेलमा विजयी रहेको विराटनगर आज आफ्नो अविजित यात्रालाई निरन्तरता दिनका लागि खेल्दैछ भने जनकपुर आफ्नो पहिलो जीतको खोजीमा छ।  पहिलो खेल बिहान ११ः४५ मा सुरु हुनेछ । 

लुम्बिनी लायन्सलाई पराजित गरेपश्चात उच्च मनोबल बोकेको कर्णाली याक्सले आज हुने दोस्रो खेलमा सुदूरपश्चिमको सामना गर्दैछ। 

दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले हालसम्म खेलेका दुई खेलमध्ये दुवै खेल जितेको छ भने कर्णाली याक्स पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो। दोस्रो खेल साँझ ४ बजे सुरु हुनेछ।

सोमबार, ०८ मंसिर २०८२, १० : ५८

प्रतिक्रिया