काठमाडौं– दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा अपराह्न ४ बजे सुरु हुनेछ ।
करण केसीको कप्तानीमा तीन खेल खेलेको काठमाडौँले दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौं दुई अंकसहित तेस्रो स्थानमा छ ।
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अंकसहित चौथो स्थानमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।
प्रतिक्रिया